नेपाल सरकार ( कार्य विभाजन) नियमावली, २०७२ बमोजिम यस मन्त्रालयलाई तोकिएका देहायका कार्यहरु -
१. निजामती कर्मचारी प्रशासन, व्यवस्थापन तथा अभिलेखसम्बन्धी नीति, योजना तथा कार्यक्रमको तर्जुमा, कार्यान्वयन, अनुगमन र मूल्याङ्कन;
२. बढुवा समितिको सचिवालय;
३. सेवा, समूह तथा उपसमूह परिवर्तन;
४. निजामती सेवाका पदको लागि न्यूनतम शैक्षिक योग्यताको निर्धारण;
५. प्रशासन सुधार;
६. प्रशासनविषयक अन्तर्राष्ट्रिय सङ्घ-संस्था;
७. नेपाल सरकारको तालिमसम्बन्धी नीति र सर्वेक्षण;
८. नेपाल सरकारद्वारा सञ्चालित विभिन्न प्रशासनिक तालिम कार्यक्रमको स्तरीयकरण, समन्वय र मूल्याङ्कन;
९. प्रशासन सेवासम्बन्धी देशभित्रर बाहिरका तालिम, योजना तथा कार्यक्रममा स्वीकृति;
१०. प्रशासनविषयक तालिमको सञ्चालन र निजामती कर्मचारीलाई प्रदान गरिने विभिन्न तालिम कार्यक्रमको समन्वय तथा मूल्याङ्कन;
११. सार्वजनिक सेवाका पदहरूको तलब तथा अन्य सुविधाविषयक नीति र सिद्धान्त तथा परामर्श;
१२. निजामती कर्मचारीलाई एक मन्त्रालय वा अन्तर्गतबाट अर्को मन्त्रालय वा अन्तर्गत सरुवा;
१३. निजामती सेवामा रहने पदको दरबन्दी सिर्जना;
१४. निजामती सेवाअन्तर्गतका विभिन्न सेवाबीच समन्वय;
१५. निजामती कर्मचारीको कल्याण;
१६. व्यवस्थापकीय परीक्षण;
१७. निजामती किताबखाना;
१८. नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठान;
१९. कर्मचारी प्रशिक्षण प्रतिष्ठान;
२०. निजामती अस्पताल;
२१. कर्मचारीसम्बद्ध सङ्घ, संस्था;
२२. नेपाल प्रशासन सेवा, नेपाल आर्थिक योजना तथा तथ्याङ्क सेवारनेपाल विविध सेवाकोसञ्चालन ।