निजामती सेवा ऐन, २०४९ को दफा १५(२) मा बिभागिय प्रमुख, कार्यालय प्रमुख वा अन्य पदमा पदस्थापन वा सरुवा गर्दा नेपाल सरकारले त्यस्तो पदमा रही गर्ने कार्यहरुको प्रशासकिय कार्यप्रकृति अनुसार कार्य बिबरणको अधिनमा रही सम्बन्धित पदाधिकारीसंग कार्यसम्पादन सम्झौता गरी पदस्थापन वा सरुवा गर्न सक्ने भन्ने प्राबधान तथा निजामती सेवा नियमावली २०५० को नियम ३४ख मा नेपाल सरकारको केन्द्रिय स्तरको बिभागको बिभागिय प्रमुख वा बिभागस्तरको कार्यालय प्रमुखको हकमा सम्बन्धित मन्त्रालयको सचिब वा बिभागिय प्रमुख वा बिभागस्तरीय कार्यालय प्रमुख बीचमा कार्यसम्पादन सम्झौता हुने कानूनी व्यबस्था रहेको विदितै छ । जसअनुसार कार्यसम्पादन सम्झौताको पृष्ठभुमि, समस्याको चुनौती तथा अबसर, कार्यसम्पादन सम्झौता अनुसार सम्पन्न गर्नुपर्ने कार्यक्रमहरु, कार्यसम्पादन मूल्याङ्कनको आधार तथा तरिका, मूल्याङ्कनको अबधि लगायतका शिर्षकहरुमा केन्द्रित रही सम्बन्धित निकायका राजपत्राड्डित बिशिष्ट श्रेणीका पदाधिकारी सँग कार्यसम्पादन सम्झौता भई बनस्पति बिभाग, बन बिभाग तथा खानेपानी तथा ढल निकास बिभागको महानिर्देशक पदमा सरुवा/ पदस्थापन गर्ने सहमती दिईएको छ । अब उप्रान्त सबै केन्द्रियस्तरका निकायहरु निजामती सेवा ऐन २०४९ र नियमावली २०५० को उक्त कानूनी प्रावधान बमोजिम निजामती सेवा नियमावली २०५० को अनुसूचि ८ क मा उल्लेखित पदाधिकारीहरुलाई कार्यसम्पादन सम्झौता गरी मात्र सहमती माग गर्नुहुन अनुरोध छ ।